२५१ पदक टुङ्गो लाग्दा आधाभन्दा बढी भारतको कब्जामा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 08:37:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा जारी १३ औ दक्षिण एशियाली खेलकुदको पदक तालिकामा भारतले आफ्नो शिर्ष स्थान कायम नै राखेको छ । आइतबार बेलुकासम्म २५१ स्वर्ण पदकको छिनोफानो भएकोमा भारतले आधा भन्दा बढी आफ्नो पक्षमा पारेको छ । २५१ को स्वर्ण पदकको टुंगो लाग्दा भारतले १३२ स्वर्ण जितेको छ, जुन टुंगो लागेको स्वर्ण भन्दा आधाभन्दा बढी हो ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपालले ४५ स्वर्ण जितेको छ भने श्रीलंका, पाकिस्तान र बंगलादेशले क्रमश ३६. २९ र ८ स्वर्ण जितेका छन्  । माल्दिभ्सले १ स्वर्ण जितेको छ भने भुटानले अहिलेसम्म स्वर्ण वा रजत जितेको छैन । यद्यपि भुटानको पुरुष फुटबल टिम फाइनलमा पुगेको छ । फाइनलले उसले स्वर्ण पदकको लागि नेपालसंग खेल्ने छ । यस स्संगे भुटानलाई फुटबलमा स्वर्ण जित्ने ऐतिहासिक अवसर छ । फाइनल नजितेको खण्डमा पनि भुटानको रजत भने सुरक्षित भएको छ ।

प्रतियोगितामा अन्तर्गत अब २ दिन मात्र खेलहरु बाँकि छन् । भोली मंगलबार प्रतियोगिताको समापन हुदै छ ।

हेर्नुस कसको पदक कति ?




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved