फाइनल हारेपछि प्रशिक्षक खड्काद्धारा राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 03:37:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले राजिनामा दिएका छन । साग महिला फुटबलमा नेपाल भारतसंग हारेपछि प्रशिक्षक खड्काले राजिनामा घोषणा गरेका हुन । भारतसंग २-० गोल अन्तरले पराजित हुदै नेपाल रजत पदक मै सिमित भएको थियो ।

उनले खेल सकिए लगत्तै आफूले सम्हालेको टिमको पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन् । उनले प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहने बताए।  खड्का गतवर्ष जेठमा महिला राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved