रसियालाई ४ बर्षे प्रतिबन्ध, ओलम्पिक र विश्वकप खेल्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 04:49:48 PM मा प्रकाशित

laxmi  sunrise bank

रसिया माथि ४ बर्षे अन्तराष्ट्रिय खेलकुदको प्रतिबन्ध लागेको छ । 'वल्ड एन्टी डुपिङ एजेन्सी'ले सर्बसम्मत रुपमा फिफा माथि ४ बर्षे प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रतिबन्धसंगै रसियाले सन् २०२० को ओलम्पिक र सन् २०२२ मा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छैन। यद्यपि रसियाले यो निर्णयको पुनर्विचार गर्नको लागि निवेदन गर्न सक्ने छ । रसियासंग यो प्रतिबन्ध मान्ने वा पुनरावलोकन गर्नको लागि निवेदन दिने बारे निर्णय गर्न २१ दिनको लागि समय छ ।

निर्णय यथावत रहे पनि रसियाका खेलाडीले एजेन्सीको टेस्ट पास गरेपछि ओलम्पिकमा सहभागिता जनाउन पाउने छन् । तर उनीहरुले आफ्नो देशको राष्ट्रिय गान र राष्ट्रिय झन्डा भने प्रयोग गर्न पाउने छैनन । उनीहरुले स्वतन्त्र खेल्दिको रुपमा खेल्नु पर्ने हुन्छ । तर प्रतिबन्ध यथावत रहेमा विश्वकपमा भने रसियाले सहभागिता जनाउन पाउने छैन । सन् २०१८ को विश्वकप रसियाले नै आयोजना गरेको थियो जहाँ रसियाले क्वाटरफाइनलसम्मको  यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा क्रोएसियासंग पेनाल्टीमा पराजित हुदै सेमिफाइनल पुग्न बन्चित भएको थियो ।

रसियाको डुपिङ एजेन्सीले विश्व डुपिङ एजेन्सीको मान्यता विपरित काम गरेको र डुपिङ समबन्धि टेस्टको नतिजा परिमार्जन गरेको तथा लुकाएको फेला परेपछि प्रतिबन्ध लागेको हो। 

प्रतिबन्धका बाबजुद रसियाले युरो कप भने खेल्न पाउने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved