बिजपाटी सम्बाददाता     Dec 11, 2019 | 04:34:37 PM


sunrisebank ruslan

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले ‘सरप्राइज’ दिएका छन् । बुधबार प्रधानमन्त्रीले आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर बधाईसहित पुरस्कारको घोषणा गरेका हुन् । 

प्रधानमन्त्रीले ओलीले २ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । 

अघिल्लो सागमा स्वर्ण विजेतालाई ५ लाख, रजतलाई ३ लाख र कास्यलाई २ लाख रुपैयाँ दिएको थियो । नेपालले कुल २०६ पदक जितेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7