अष्ट्रेलिया हिँडे सन्दिप, पोखरा प्रिमियर लिग नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 02:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दिप लामिछानेले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग नखेल्ने भएका छन् । पहिलो संस्करणमा बिराटनगर टाईटांन्समा खेलेका सन्दिपले यस पटक भने प्रतियोगिता नै नखेल्ने भएका हुन् ।

लामिछाने अष्ट्रेलियाको बहु चर्चित लिग 'बिग ब्यास लिग' खेल्नको लागि बुधबार राती नै अष्ट्रेलिया प्रस्थान गरेका छन् । लिग पुस १ देखि सुरु हुदै छ । सन्दिपले मेलबर्न स्टार्सबाट खेल्दै छन् । सन्दिपले लिगको डेब्यु पनि स्टार्सबाट नै गरेका थिए । पहिलो संस्करणमा सन्दिपले ८ खेल खेलेका थिए जसमा उनले ११ विकेट लिएका थिए । उनी बिग ब्यास लिग छोडेर बीच मै बंगलादेशको बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए । तर सन्दिप अन्तिम २ खेल खेल्न भने पुन अष्ट्रेलिया फर्किएका थिए ।

अघिल्लो संस्करणमा सन्दिपले ८ विकेट मध्ये ४ विकेट विपक्षी टिमका कप्तानको थियो । सन्दिपको पहिलो खेल डिसेम्बर २० तारिखमा ब्रिसबेन हिटसँग हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved