सागमा पदक जित्ने खेलाडीलाई नगर परिक्रमा गराईदै, यस्तो छ रुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 10:22:30 AM मा प्रकाशित

laxmi  sunrise bank

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक जितेका खेलाडीहरुलाई आज शुक्रबार नगर परिक्रमा गराईने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज काठमाडौँ, भक्तपुर र ललितपुरमा विजेता खेलाडी र यसका प्रशिक्षकलाई नगर परिक्रमा गराउने लागेको हो । नगर परिक्रमासंगै खेलाडीलाई  नागरिक अभिनन्दन पनि हुने भएको छ ।

बिहान ११ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालाबाट नगरपरिक्रमा कार्यक्रम सुरु हुने राखेपले जनाएको छ। नगर परिक्रमा त्रिपुरेश्वरबाट  न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार, कुपण्डोल पुल्चोक, लगनखेल, सातदोबाटो, ग्वार्को, कोटेश्वर, सल्लाघारी हुदै सुर्यविनायकसम्म पुग्नेछ । त्यस्तै सुर्यविनायकबाट कोटेश्वर, बानेश्वर हुँदै त्रिपुरेश्वर राखेपमा प्रांगणमा आएर कार्यक्रम समापन  हुनेछ ।

नगर परिक्रमाका कारण सवारी आवागमन भने प्रभावित नहुने ट्राफिक प्रहरीले जनाएको छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved