मलेशियाका ३ खेलाडीले मात्र बनाए दोहोरो अंकको स्कोर, नेपाललाई १ सय ५४ रनको लक्ष्य  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 12:50:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एसीसी यु १९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अहिले मलेशियासंग प्रतिस्पर्धा गरीरहेको छ । टस जितेर बलिंग गरेको नेपालले मलेशियालाई १ सय ५३ रन मै रोक्न सफल भएको छ । 

मलेशियालाई कम स्कोरमा समेट्न आदील खानले सर्बाधिक ३ तथा कप्तान सन्दिप लामिचिनेले २ विकेट लिए । त्यस्तै शुभंकार उराउ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान १-१ विकेट लिए ।

मलेशियाका ३ खेलाडीले मात्र दोहोरो अंकको स्कोर भेट्न सके ।  जसमा भिरेंद्रदिप सिंहले सर्बाधिक ६७ रन जोडे भने सैफ उल्लाह मलिकले तथा मुहम्मद हासिफले २१ रन जोडे । 

भारत र श्रीलंकासंग यस अघि नै पराजित भएको नेपाल प्रतियोगिताबाट भने बाहिरी सकेको छ । यस समुहबाट भारत र श्रीलंका दोस्रो चरण पुगेका छन् । 

नेपालको लक्ष्य १ सय ५४ हुनु पर्नेमा यस अघि भुलबस १ सय ४५ भएकोमा सच्चाईएको छ । : सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved