नेपालको रोमान्चक जित: कप्तान सन्दिपले हाने बिजयी रन, ३२ बल अगावै भेट्टायो लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2016 | 04:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलंकामा जारी यु १९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले जित दर्ता गरेको छ ।  आज भएको रोमान्चक खेलमा नेपालले मलेशियालाई १ विकेटले पराजित गरेको हो । 

४४.४  ओभरमा नेपाली कप्तान सन्दिप लामिछानेले १ रन हान्दै बिजयी रन लिएका हुन् । 

नेपालका लागि अनिल कुमार शाहले सर्बाधिक ३२ रन, दिपेन्द्र सिंह एरीले २२, अविनाश कर्णले २९, रोहित पौडेलले १२ तथा पवन शरफले नट  आउट २९ रन जोडे ।  

यस अघि टस जितेर बलिंग गरेको नेपालले मलेशियालाई १ सय ५३ रन मै रोक्न सफल भएको थियो । 

मलेशियालाई कम स्कोरमा समेट्न आदील खानले सर्बाधिक ३ तथा कप्तान सन्दिप लामिचिनेले २ विकेट लिए । त्यस्तै शुभंकार उराउ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले समान १-१ विकेट लिए ।

मलेशियाका ३ खेलाडीले मात्र दोहोरो अंकको स्कोर भेट्न सके ।  जसमा भिरेंद्रदिप सिंहले सर्बाधिक ६७ रन जोडे भने सैफ उल्लाह मलिकले तथा मुहम्मद हासिफले २१ रन जोडे । 

भारत र श्रीलंकासंग यस अघि नै पराजित भएको नेपाल प्रतियोगिताबाट भने बाहिरी सकेको छ । यस समुहबाट भारत र श्रीलंका दोस्रो चरण पुगेका छन् ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved