पब्जीको विश्वकपमा नेपाल सातौँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 05:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन गेम ‘पब्जी’को विश्वकपमा नेपाली टोली सातौँ भएको छ । साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली टिम ‘इलिमेन्ट्रिक्स’ले सातौ स्थान हाँसिल गरेको हो । ३२ देशले भाग लिएको प्रतियोगितामा सातौं हुँदै नेपाली टिमले १० हजार डलर (१० लाख रुपैयाँ) जितेको छ । 

पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर हात पारेको छ ।  दोस्रो स्थानमा आएको थाइल्यान्डको आरआरक्यू एथेनाले ६० हजार डलर, तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर पाएको छ । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।

नेपालमा भने सरकारले पब्जी प्रतिबन्ध लगाउने निर्णय पनि गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved