एल–क्लासिको भिडन्त आज, कुन टिम बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 12:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार लामो समयको प्रतिक्षापछि एल–क्लासिको भिडन्त हुँदैछ। स्पेनिस बार्सिलोना र रियल मड्रिडबीच हुने खेललाई एल–क्लासिको भिडन्त भन्ने गरिन्छ । 

ला लिगामा हुन लागेको यो सिजनकै पहिलो एल–क्लासिको हो । बुधबार राति १ः४५ बजे बार्साको घरेलु मैदान नाउँ क्याम्पमा खेल हुनेछ । यसअघि अक्टोबर २६ मा तय भएको खेल करिब दुई महिनापछि हुन लागेको हो । ला लिगामा १६/१६ खेल खेलेका बार्सा र रियलको समान ३५/३५ अंक छ । गोल अन्तरका आधारमा बार्सा शीर्ष स्थानमा छ । आजको खेलले शीर्ष स्थानको पनि स्ष्ट टुंगो लगाउने छ । 

ला लिगाको इतिहासमा हालसम्म १७८ पटक एल–क्लासिको प्रतिस्पर्धा भएको छ । जसमध्ये बार्सा र मड्रिडले समान ७२–७२ खेलमा जित हासिल गरेका छन्। ३४ खेलमा दुवैले बराबरी गरेका छन् । सबै लिगमा गरेर यी २ टिम २४२ पटक भिडेका छन् । जसमा रियल मड्रिड ९५ खेलमा विजयी हुँदा बार्साले ९६ खेल जितेको छ । ५१ खेल बराबरीमा टुंग्याएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved