बराबरीमा सकियो एल क्लासिको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 09:10:20 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पानिस ला लिगाको एल क्लासिको बराबरीमा सकिएको छ । बार्सिलोना र रियल मड्रिडबीचको उपाधीको निर्णायक मानिएको खेल गोलरहित बराबरीमा सकिएको हो । 

बार्साको घरेलु मैदान क्याम्प नोउमा भएको खेलको ७१ औं मिनेटमा रियलका गारेथ बेलले अफसाइड गोल गरे । त्यस अघि र पछि दुवै टिमले गोलका राम्रा अवसर गुमाउँदा अंक बाढ्न बाध्य भएका हुन् । 

सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो पटक हो । गए रातीको बराबरीपछि अंक तालिकामा बार्सिलोना र रियलले समान एक÷एक अंक थपेका छन् । १७ खेलबाट दुवै टोलीको समान ३६ अंक छ । गोल अन्तरमा बार्सिलोना अंक तालिकामा शीर्ष स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved