पोखरा प्रिमियर लिगको उपाधि चितवनलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2019 | 04:03:18 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा प्रिमियर लिग (पीपीएल)को दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । 

२०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनायो । बिराटनगरका ओपनर सुनिल धमला ४ रनमा आउट हुँदा लोकेश बम एक रन आउट भए । मोहम्मद दैज आलम ५७, नुमान खान १८ रन बनाए । कप्तान प्रदीप ऐरी ३६ रन बनाएर आउट हुँदा पुनित मेहरा ३२ बनाएर फर्किए । 

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा २०२ रनको विशाल योगफल खडा गरेको थियो । चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाए ।

मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हायात ५ रनमै पभेलियन फर्किँदा चौथो नम्बरमा आएका अनिलले मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५०/५० रनामा आउट भए ।

अरिफ शेखले १९ रन जोडेर आउन हुँदा चितवनको ११ बल बाँकी थियो । तर करण केसीले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए । सन्नी पटेल १६ रमा पभेलियन फर्किए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved