मैदानमा झगडा गर्ने खेलाडीलाई एन्फाले गर्यो कारवाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 07:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

खेल सकिए लगत्तै मैदान मै झगडा गर्ने खेलाडी कारवाहीमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले मैदान मै झगडा गर्ने मनाङ मर्स्याङ्दी  र मछिन्द्र क्लबका खेलाडी र टिमलाई कारवाही गरेको हो ।

एन्फाले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५-५   खेलको लागि र रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरेको छ । यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरेको छ । त्यस्तै गजित र अशोकले १० हजार जरिवाना पनि तिर्नु पर्ने भएको छ  । अशोकले सोहि दिन रेड कार्ड समेत खाएका थिए  । 

टिमको बेञ्चलाई अनुशासनमा राख्न नसकेको भन्दै दुबै टिमलाई ५० हजार जरिवाना तिर्न एन्फाले भनेको छ । त्यस्तै  मनाङका किट्स म्यानेजर शिव लामालाई लिगको बाँकी सबै खेलबाट निलम्बन गर्नुको साथै १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ । 

सोमबार यी दुई टोलीबीच खेल भएको थियो । २-२ गोलको बराबरीमा रोकिएको खेलको अन्तिम सिठी बज्दा साथ दुवै टोलीका खेलाडीले झगडा गर्न सुरु गरेका थिए । खेलाडीहरुलाई छुटाउन प्रहरी नै लाग्नु परेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved