नेपाल टि २० विश्वकपको ग्लोबल छनौटमा प्रवेश, यस्तो छ मुख्य प्रतियोगितामा पुग्ने बाटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 07:26:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले सन् २०२१ मा भारतमा हुने टि २० विश्वकपको ग्लोबल छनौटमा स्थान पक्का गरेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज जारि गरेको प्रतियोगिताको फर्म्याट अनुसार नेपालले सिधै ग्लोबल छनौटमा स्थान  बनाएको हो 

नेपाल संगै जिम्बाबे, युएई र हंगकंगले पनि ग्लोबल छनौटमा स्थान बनाएका छन् । यहि जनवरी १ को टि २० बरियताक्रम अनुसार यी ४ टिमले सिधै छनौटमा स्थान बनाएको आईसीसीले जनाएको छ 

कस्तो छ फर्म्याट ? 

आईसीसीले यो विश्वकप् छनौटको लागि ११ वटा क्षेत्रिय छनौट प्रतियोगिता र २ वटा ग्लोबल छनौट  प्रतियोगिता गर्ने जनाएको छ । 

११ वटा क्षेत्रिय छनौट प्रतियोगिताबाट ८ टिम ग्लोबल छनौट प्रतियोगिताको लागि चयन हुने छन्।  जिम्बाबे, नेपाल, युएई र हंगकंग ग्लोबल छनौट प्रतियोगिताको लागि चयन भई सकेका छन्।  अब सन् २०२० मा हुने विश्वकपको पुछारमा रहने ४ टिम (बटम फोर) ग्लोबल छनौटमा पुग्ने छन् । यस हिसाबमा ग्लोबल छनौटमा १६ टिम रहने छन् ।

अब यी १६ टिमलाई २ समुह बिभाजन गरिने छ । हरेक समुहको बिजेता र उप बिजेता मुख्य प्रतियोगिताको लागि छनौट हुने छन् । यस हिसाबमा ग्लोबल छनौटबाट ४ टिम मात्र मुख्य प्रतियोगितामा पुग्ने छन् । 

२०२० मा हुने विश्वकपको शिर्ष ११ मा पर्ने ११ टोलीले २०२१ मा हुने विश्वकपको मुख्य प्रतियोगितामा स्थान बनाउने छन् । यसरी ग्लोबल छनौटबाट आएका ४ टिम र २०२० को विश्वकपमा शिर्ष ११ स्थानमा रहने टिम गर्दा टिमको संख्या १५ हुन्छ । आयोजकको हिसाबले भारतले मुख्य प्रतियोगितामा स्थान बनाईसकेको छ । अब यी १५ र भारत गरी १६ टिमले मुख्य प्रतियोगिता खेल्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved