नेपकम्स अन्तरकलेज फुटसल प्रतियोगिता हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 05:56:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपकम्स अन्तर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।  प्लान अन परफेक्सनले आयोजना गरेको उक्त प्रतियोगीता बालुवाटारस्थित ढुकु फुटसल हबमा आगामी बुधबार र बिहीबार हुने भएको हो। 

प्रतियोगितामा देशभरका ३२ वटा कलेजहरुको सहभागिता रहने कम्पनीले जनाएको छ । प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाउनेछन् । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिनेछ र प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छन ।

आयोजकका अनुसार हरेक खेल २० मिनेटको हुनेछ र हरेक टिमले समूह चरणमा कम्तिमा ३ खेल खेल्नेछन् ।

उक्त प्रतियोगिताको विजेताले नगद ५० हजार रुपयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् । त्यस्तै उपविजेताले २० हजार रुपयाँसहित रुपयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन्  भने  तेस्रो हुनेले १० हजार रुपयाँ  प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved