क्रिकेट टोलीका मुख्य प्रशिक्षक पटवालले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 05:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको र त्यसको बोधार्थ क्रिकेट संघलाई पनि दिएको स्रोतले जनाएको छ 

 नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसी मार्फत उनी नियुक्त भएका थिए । उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको थियो ।

पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । तर १ वर्ष सकिनु अगाडी नै उनको राजनीमा आएको हो । यद्यपि उनको राजिनामा बुधबारबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएपछि मात्र लागू हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved