बिजपाटी सम्बाददाता     Feb 05, 2020 | 06:35:01 PM


डिशहोमले विश्वकप क्रिकेट लिग दुईको मुख्य प्रायोजन गरेको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ । सोहि प्रतियोगिताको डिशहोमले प्रायोजन गरेको हो ।

 प्रतियोगिता माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ ।

त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका