एकै खेलमा ६ विकेट लिने सन्दीप पहिलो नेपाली खेलाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 11:07:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लेग स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटको एउटै खेलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ को  त्रिकोणात्मक सिरिज अन्तर्गत सन्दीपले बुधबार भएको अमेरिकाविरुद्धको खेलमा ६ विकेटको कीर्तिमान कायम गरेका हुन् । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर १६ रन खर्चिँदै अमेरिकाका ६ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । 

यसअघि उक्त किर्तीमान सोमपाल कामीको नाममा थियो । उनले गतवर्ष यूएईविरुद्द एकै खेलमा ५ विकेट लिएका थिए । 

यसअघिः

सन्दीपले ६ विकेट लिँदा अमेरिका ३५ रनमा अल आउट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved