अमेरिका विरुद्द नेपालको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 11:19:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि ८ विकेटको शानदार जित हात पारेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ५.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । 

ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेललाई २ ओभरमै गुमाएको नेपालका लागि तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारस खड्का र दिपेन्द्र सिंह ऐरीले जित दिलाएका थिए । पारसले २० रन बनाउँदा दिपेन्द्रले १५ रन बनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved