एकै इनिंगमा ३ सय ५९ रन बनाउदै गोहेलले तोडे १ सय १७ बर्ष पुरानो किर्तिमान 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2016 | 04:06:40 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेटमा १ सय १७ बर्ष देखि कायम एउटा बिश्व रेकर्ड मंगलबार तोडिएको छ। १ सय १७ बर्ष अघि इंगलैंडमा बनेको रेकर्ड अहिले भारतमा तोडिएको हो । 

भारतमा जारि रंजी ट्रफीको क्वाटरफाइनल खेलमा गुजरातको तर्फबाट ब्याटिंग गर्दै समित गोहेलले अविजित ३ सय ५९ रन बनाए । उनले उडिसा बिरुद्द बनाएको यो किर्तिमान प्रथम श्रेणी  क्रिकेटको इतिहासमै कुनै पनि ओपनरले बनाएको सर्बाधिक स्कोर हो । 

२६ बर्षिय गोहेलले सन् १८९९ मा इंगलैंडको ओभल क्रिकेट मैदानमा सर्रे टिमको तर्फबाट बबी आबेलले बनाएको रेकर्ड तोडेका हुन् । आबेलले सोमरसेट बिरुद्द ३५७ नक आउट रन बनाएका थिए ।

गोहेलले ३५९ रन बनाउन ७२३ बाल खर्चिए । त्यस अवधिमा उनले ४५ चौका र एक छक्का समेत प्रहार गरे । उनको ३५९ रनको मद्दतमा गुजरातले दोस्रो इनिंगमा ६४१  रन बनायो । यो संगै गुजरातले ओडिसालाई जितको लागि ७०६ रन्को बिशाल लक्ष्य दियो ।

खेल बराबरी भएपनि पहिलो इनिगको नतिजामा गुजरात सेमिफाइनल प्रबेश गरेको छ । फाइनल प्रवेशको लागि गुजरातले झारखण्डसंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा मुम्बई र तमिलनाडु भिड्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved