बिजपाटी सम्बाददाता     Feb 20, 2020 | 04:22:43 PM


tansen

लेग स्पिनर सन्दीप लामिछानेले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग गरेका छन् । सन्दीप र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५६८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरेका हुन् । 

सन्दीपले अमेरिका र ओमानविरुद्दको त्रिकोणात्मक शृंखला खेल्नु अघि ती देशविरुद्दको खेलमा आफूले लिने विकेट अनुसार सहयोग गर्ने घोषणा गरेका थिए । उनले एक विकेट बराबर ८ हजार ८४८ रूपैयाँ सहयोगको घोषणा गरेका थिए । सन्दीपले अमेरिकाविरुद्दको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित ८ विकेट बराबरको रकम सहयोग गरेका हुन् । 

सन्दीपले आफ्नो तर्फबाट ७० हजार ७८४ रुपैयाँ र उनका एजेन्ट तल्हा इसामले पनि सोही बराबर रकम दिएका हुन् । सन्दीप र उनका एजेन्टले गरी कुल १ लाख ४१ हजार ५६८ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका