कमजोर मलेसियासँग हार्‍यो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2020 | 04:11:51 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डमा सुरु भएको एसीसी इस्टर्न रिजन टि–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । तुलनात्मक रुपमा आफूभन्दा कमजोर टिम मलेसियासँग नेपाल २२ रनले पराजित भएको हो । 

मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा १३२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८÷३८ रन बनाए । पवन सर्राफले १९ रन जोड्नुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुरूमै विकेट गुमेपनि पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्रले १७ बलमा २१ रनको साझेदारी गरेका थिए । पारस आउट भएपछि ज्ञानेन्द्र र दीपेन्द्रले ६७ रनको साझेदारी गरेका थिए । 

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । 

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । टि–ट्वान्टी क्रिकेटमा कीर्तिमानी १०० विकेट पूरा गरेका उनले नेपालका लागि ३२ विकेट लिएका छन् । सन्दीप नेपालका लागि टि–ट्वान्टी क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी हुन् । आजको खेलामा अविनाश बोहोराले दुई विकेट लिए । करण केसीले एक विकेट लिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved