कोरोनाका कारण फिफाले रोक्यो विश्वकपका खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2020 | 08:05:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाईरसको कारण फिफा विश्वकपको छनौट खेलको मिति पर सरेको छ । फिफाले सन् २०२२ को विश्वकपको लागि हुन् लागेको एसियाली छनौट खेल पर सारेको हो । 

फिफाले कोरोनाको कारण देखाउदै एसियाली फुटबल संघसँग छलफल गरेर प्रतियोगिता अन्तर्गतका खेलहरु तत्कालको लागि रोक्ने निर्णय गरेको हो । फिफाले मार्च २३ देखि ३१ सम्म र जुन १ देखि ९ तारिखसम्म हुने तय भएका खेलहरु तत्कालको लागि स्थगित गरेको हो । फिफाले एसियाली फुटबल संघसँग छलफल गरेर खेलको लागि नयाँ मिति तोक्ने जनाएको छ । 

फिफाको निर्णयले नेपाल सहितका प्रतियोगितामा सहभागी ४६ देश प्रभावित हुने भएका छन् । नेपालले प्रतियोगितामा अष्ट्रेलिया, जोर्डन र चाइनिज टापेईसँग खेल्ने तय भएको थियो । नेपाल हाल ३ अंक सहित समुहको चौथो स्थानमा छ । नेपाल समुह बिजेता बनेर अर्को चरणको लागि छनौट हुने सम्भावना कायम छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved