रोनाल्डोलाई भित्राउन चीनबाट आयो ४ सय मिलियन युरोको अफर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2016 | 12:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

रियम म्याड्रिडका स्टार स्ट्राइकर रोनाल्डोमाथि चीनले आँखा लगाएको छ । रोनाल्डोका एजेन्टले रोनाल्डोलाई भित्राउन चीनबाट ४ सय मिलियन युरोको अफर आएको जानकारी दिएका हुन्  । 

एजेन्ट जोर्जे मेन्डिसले क्लबलाई ३०० मिलियन युरो र रोनाल्डोलाई बार्षिक १०० मिलियन युरोको प्रस्ताव आएको बताएका हुन्  ।

तर रोनाल्डोले बहने यस अफरमा खासै चासो दिएका छैनन्  । यो अफर अनुसार रोनाल्डोले प्रति हप्ता १.६ मिलियन पाउण्ड तलब प्राप्त गर्ने थिए  । जुन अहिले उनले प्राप्त गर्ने तलब भन्दा पाँच गुणा बढी हो ।

उनका एजेन्टले भने 'रोनाल्डोले यसलाई चासो दिएका छैनन् , उनको लागि रियल म्याड्रिड नै सब थोक हो, पैसा मात्र केहि होईन ' । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved