दिल्ली सरकारले लगायो आइपीएललाई प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2020 | 02:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसलाई थप फैलिन नदिन भारतको दिल्ली सरकारले इण्डियन प्रिमियर लिग (आइपीएल) प्रतियोगीता प्रतिबन्ध लगाएको छ । दिल्ली सरकारले राजधानीमा हुने आईपीएका कुनै पनि खेल आयोजना गर्न नदिने भएको हो । 

उपमुख्यमन्त्री मनीष सिसोदियाले दिल्लीमा कुनै किसिमका खेलकुद प्रतियोगीता आयोजना गर्न नदिने घोषणा गरेका छन् । उनले भने, ‘हामीले दिल्लीमा कुनै किसिमका खेलको आयोजनामा प्रतिबन्ध लगाउने घोषणा गरेका छौँ ।’ 

दिल्लीमा आईपीएलका ७ खेल तय भएका थिए । पहिलो खेल मार्च ३० मा हुने तय भएको छ । दिल्ली सरकारको घोषणाले आइपीएल प्रभावित हुने संकेत देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved