बिजपाटी सम्बाददाता     Mar 13, 2020 | 03:11:20 PM


tansen

कोरोना भाइरसका कारण बहु चर्चित भारतीय क्रिकेट लिग आईपीएल पछाडी धकेलिएको छ । यहि मार्च २९ तारिखबाट सुरु हुने तय भएको प्रतियोगिता अब अप्रिल १५ तारिखबाट सुरु हुने छ 

भरतीय क्रिकेट बोर्ड र आईपीएलका उच्च ब्यबस्थापकहरुको बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो। यस विषयमा थप छलफल गर्न सम्पूर्ण आईपीएल टिमहरुको बैठक शनिवारको लागि बोलाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

भारतमा हालसम्म कोरोनाको एक जनाको मृत्यु भईसकेको छ भने ७५ जनामा संक्रमण पुष्टि भएको छ 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका