कोरोना असर: नेपाल र नामिबियाबीचको खेल अन्योलमा

रासस

रासस

Mar 19, 2020 | 04:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको पाँचौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको सिरिज रद्द गरेपछि नेपालले खेल्ने छैटौँ चरणको नामिबिया सिरिजबारे द्विविधा उत्पन्न भएको हो । 

आइसिसीले नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो । आइसिसीले कोरोना भाइरसका कारण पाँचौँ चरणको सिरिज रद्द गरेपछि छैटौँ चरणको नामिबिया सिरिज पनि रद्द गर्ने सम्भावना बढेको छ । प्रतियोगिताबारे नामिबिया क्रिकेट सङ्घको आधिकारिक जवाफ प्राप्त नभएको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।  

आइसिसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ । लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन् । प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन् । उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved