सेमिफाइनल नै फाइनल सरह: १८ गोल गरेको नेपाल र ५ गोल गरेको भारत भिड्दै 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 11:08:25 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटवलको पहिलो सेमिफाइनलमा आज सोमबार नेपालले र भारत भिड्दै छन् । यस अघिका सबै ३ संस्करणमा यी दुई टोलीको भेट फाइनलमा मात्र भएको थियो  । तर यस पटक भने सेमिफाइनल मै यी दुई भिड्न लागेका हुन्  । सोहि कारण दुवै टोलीको लागि यो खेल फाइनल सरह भएको हो  ।

नेपाल समुह एको बिजेता बन्दै नक आउट चरण प्रवेश गरेको हो भने भरत समुह बीको उप बिजेता हो  । नेपाललाई भुटानलाई ८-०, माल्दिभ्सलाई ९-० र श्रीलंकालाई १-० गोल अनात्रले पराजित गर्दै नक आउट चरण पुगेको हो  । यस अवधिमा नेपालले एक गोल पनि नखाई १८ गोल गर्यो  ।

उता भारतले भने अफगानिस्तानलाई ५-१ ले पराजित गर्यो भने बंगलादेशसंग गोल रहित बराबरी खेल्यो  । समुह बिमा ३ देश मात्र थिए  । समुह बिबाट बंगलादेश र समुह एबाट माल्दिभ्स पनि सेमिफाइनल प्रवेश गरेका छन्  । यी दुईको खेल पनि आज नै हुदै छ  ।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले सर्बाधिक ११ गोल गरेकी छिन्  ।

नेपाल र भारतबिचको खेल नेपाली समय अनुसार भारतको सिलिगुडीमा रहेको कञ्चनजंगा स्टेडियममा दिउँसो सवा २ बजेपछि सुरु हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved