साफ महिला च्याम्पियनशिप : तुहियो नेपालको उपाधि लक्ष्य, फेरी भारत बन्यो नेपालको तगारो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2017 | 04:21:49 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी साफ महिला च्याम्पियनशिपबाट नेपाल बाहिरिएको छ । आज भएको पहिलो सेमिफाइनलमा भारतसंग ३-१ ले पराजित भएपछि नेपाल सेमिफाइनल बाट नै बाहिरिएको हो । यो संगै नेपालको उपाधि लक्ष्य समाप्त भएको छ । 

भारतका लागि पहिलो हाफको अन्तिममा कमला देबीले गोल गर्दै सुरुवाती अग्रता दिलाइन्।   खेलको ५८ औं मिनेटमा इन्दुमतिले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्।

खेलको ७५ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता २–१ मा झारिन्। तर भारतका लागि ८३ औं मिनेटमा सस्मिता मल्लिकले गोल गर्दै भारतलाई ३–१ जित दिलाइन्। 

यस अघिका ३ संस्करणको फाइनलमा नेपाल र भारत भिड्ने गरेका भए पनि यस पटक भने सेमिफाइनल मै यी दुई टोलीको भेट भएको हो  । नेपाल यस अघिका तिनै संस्करणको उपविजेता हो भने भारत बिजेता हो ।  

  प्रतियोगितामा नेपालले समुह चरण मै सर्बाधिक १८ गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन । नेपाल समुह एको बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने भरत समुह बीको उप बिजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

अब भारतले उपाधिका लागि बंगलादेश र माल्दिभ्सबिच बिजेता संग खेल्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved