कोरोनाविरुद्द लड्न मेस्सी र रोनाल्डोले कति गरे सहयोग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 04:59:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अजेन्टिनी स्टार एवम् बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सीले स्पेनको बार्सिलोना शहरमा रहेका अस्पतालका लागि १ मिलियन युरो सहयोग गरेका छन् । मेस्सीले कोरोना भाइरस पीडितका लागि १ मिलियन युरो अर्थात् १० लाख ९५ हजार अमेरिकी डलर मंगलबार जम्मा गराएका हुन् । 

मेस्सीले गरेको सहयोग स्पेनले कोरोना बिरुद्वको अभियानमा बार्सिलोना क्षेत्रमा खर्च गर्नेछ । 

यस्तै पोर्चुगल एवम् इटालीको युभेन्टस्का स्टार क्रिश्चियानो रोनाल्डो तथा उनका एजेन्ट जर्ज मेन्डिसले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलका दुई अस्पतालका तीन आइसियू इकाइलाई १० लाख ८० हजार अमेरिकी डलर डलर सहयोग गरेका छन् । 

सान्टा मारिया अस्पताल र सान्टो एन्टोनियो अस्पतालमा अत्यावश्यक उपकरण किन्न उनीहरुले सहयोग गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved