कोरोनाविरुद्द क्रिकेटर रोहित शर्माले दिए ८० लाख भारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 02:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेटर रोहित शर्माले कोरोना भाइरसको महामारी विरुद्द लड्न सरकारलाई ८० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । भारतीय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान रोहितले सामाजिक सञ्जाल ट्वीटरमार्फत ४५ लाख प्रधानमन्त्री केयर्स कोष, २५ लाख सीएम रिलिफ कोष, ५ लाख फिडिङ इन्डिया र ५ लाख कुकुर व्यवस्थापन गरी जम्मा ८० लाख रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । 

भारतीय पूर्वक्रिकेटरहरु सचिन तेन्दुलकर, गौतम गाम्भीर, सुरेश रैना, अजिंगे रहाणे र वर्तमान कप्तान विराट कोहलीसहितका खेलाडीले आर्थिक सहयोग गरिरहेका छन् ।

हालसम्म भारतमा १ हजार २ सयभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । भारतमा २१ दिने लकडाउन जारी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved