यस्ता छन् सर्बाधिक पुरस्कार राशीको 'धनगढी प्रिमियर लिग'का टिम र कप्तान, अक्सन २३ गते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2017 | 04:51:30 AM मा प्रकाशित

laxmi  sunrise bank

 सर्बाधिक ठुलो पुरस्कार राशी भएको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुने  टीम र  कप्तानको घोषणा भएको छ। धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएको संयुक्त आयोजनामा हुन् लागेको यस प्रतियोगितामा ६ टोली रहने छन्। चैत ५ गतेदेखि सुरु हुने यस टि २० प्रतियोगिता धनगढीमा खेलाइने छ । 

यस्ता छन् टिम र कप्तान 

१. सीवाईसी अत्तरिया (ज्ञानेन्द्र मल्ल)
२. बिराटनगर किंग्स (सरद भेषावकर )
३. काठमाडौँ गोल्डेन्स (वसन्त रेग्मी )
४. रुपन्देही च्यालेन्जर्स (शक्ति गौचन )
५. कंचनपुर आइकोनिक (बिनोद भण्डारी)
६. टिम चौराहा धनगढी (पारस खड्का)

चिट्ठाबाट कप्तानको चयन भएको हो । प्रत्येक टीमका कप्तानले १ लाख ५० हजार पारिश्रमिक पाउनेछन्। 

अन्य खेलाडीहरुको चयन भने पूर्ण रुपमा अक्सन अर्थात् लिलामी मार्फत हुने छ ।   धनगढी क्रिकेट एकेडेमीमा दर्ता  दर्ता भएका २१७ खेलाडीलाई मात्र लिलामीमा राखिने छ ।

सबै खेलाडीलाई चार समूहमा विभाजन गरेर बेस प्राइज तोकिएको छ। 

हाल  राष्ट्रिय टीममा रहेका र नेपालका लागि कम्तीमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीको बेस अमाउन्ट ५० हजार तोकिएको छ।

नेपालका लागि १५ भन्दा कम खेल खेलेका र यु १९ विश्वकप खेलेका खेलाडीको बेस प्राइज  ३० हजार तोकिएको छ।

 नेपालको लागि कुनै पनि उमेर समूहमा प्रतिनिधित्व गरेका पूर्व  खेलाडीहरुको बेस प्राइज  २५ हजार तोकिएको छ। 

अनक्याप्ड खेलाडी अर्थात हालसम्म नेपालको लागि कुनै अन्तराष्ट्रिय खेल नखेलेका खेलाडीहरुको बेस प्राईज २० हजार  तोकिएको छ।

यी खेलाडीको अक्सन शनिबार अर्थात् २३ गते हुने छ । हरेक टोलीले आफ्नो टिममा कम्तिमा ४ जना  अनक्याप्ड खेलाडी राख्नु पर्ने छ । 

  १ करोड ६० लाख लागतमा हुन् लागेको प्रतियोगिताको बिजेताले १५ लाख पाउने छ भने उप बिजेताले ७ लाख पाउने छ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार, म्यान अफ द सिरिजले मोटरबाइक पाउने आयोजकले जनाएको छ । 
 

दर्शकले ५० मा टिकट खरिद गर्न सक्ने छन्  ।  

 कुल २६० खेलाडी दर्ता भएकोमा २१७ मात्र लिलामीका लागि छनौट भएका छन् ।  कुनै पनि टिममा छनौट हुन् नसकेका खेलाडीले दर्ता शुल्क फिर्ता पाउने छन्  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved