इंग्लिस प्रिमियर लिग जुन ८ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2020 | 11:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस प्रिमियर लिग जुन ८ बाट सुरु गर्ने विषयमा छलफल हुँदैछ । कोरोना भाइरसका कारण स्थगित भएको लिगको जारी २०१९–२० सिजन जुन पहिलो सातादेखि सुरु गर्ने विषयमा छलफल हुने भएको छ । मार्चदेखि स्थगित भएको लिग जुन ८ देखि सुरू गर्ने र जुलाईको अन्त्यमा सक्ने विषयमा शुक्रबार छलफल हुँदैछ ।

क्लबहरुलाई मे १८ देखि अभ्यास गर्न दिइनेछ । सोमबार आर्सनल, एभर्टन र वेस्ट ह्यामलाई उनीहरुको अभ्यास मैदानमा प्रशिक्षण गर्न दिइएको थियो । टोटनह्यामले मंगलबारदेखि अभ्यास गर्ने छ ।

लिग सुचारु गर्ने भए पनि रंगशालामा दर्शक भने उपस्थित हुन पाउने छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved