बिश्वकपमा ४८ टिम राख्ने प्रस्तावमा मंगलबार निर्णय लिईदै, पारीत भए नेपाललाई फाइदा  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 04:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफा अन्तर्गत रहेको फिफा काउन्सिलका पदाधिकारीहरु एक महत्वपूर्ण निर्णय लिन स्विजरल्याण्डको ज्युरिकमा भेला भएका छन् । काउन्सिलका ३७ पदाधिकारीहरुले हालको बिश्वकपको ढाँचा परिवर्तन गर्ने कि नगर्ने भन्ने बिषयमा मतदानबाट निर्णय लिदै छन्  ।  

फिफाका अध्यक्ष जानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाएर ४८ पुर्याउने प्रस्ताव गरेका छन् ।  पदाधिकारीले यहि प्रस्तावमा मतदान गर्ने छन् ।  

के छ  इन्फान्टिनोको प्रस्तावमा ? 

इन्फान्टिनोले गरेको प्रस्तावमा अब १६ समुह हुने छन् र हरेक समुहमा ३ टोली हुने छन् । समुहमा हरेक टोली एक अर्कासँग खेल खेल्छ र समुहको शिर्ष स्थानमा रहने टोली नक आउट चरण प्रवेश गर्ने छन्  । समुह चरणमा कुनै खेल बराबरीमा सकिए सिधै पेनाल्टी सुट आउट हुन्छ  । 

अहिलेको ३२ टोली ढाँचामा भने ४ देश सहभागी ८ समुह हुन्छन् र शिर्ष २ मा रहने टोली नक आउटमा प्रवेश गर्छन  । अहिले समुह चरणमा पेनाल्टी सुट आउट हुदैन  । 

यो बाहेक अन्य ४ विकल्पमा पनि छलफल हुने छ  ।  अन्य बिकल्पमा अहिलेकै ३२ टोलीलाई निरन्तरता दिने, ४० टिम सहभागी गराउने लगायतका छन् । 

ढाँचा परिवर्तन भएको खण्डमा नयाँ नियम सन् २०२६ मा हुने बिश्वकपदेखि लागु हुनेछ ।  

 इन्फान्टिनो सन् २०१९ मा अध्यक्षको पदको लागि फेरी लड्ने छन् । त्यहि कारण उनको लागि ४८ टिमको बिषय महत्वपूर्ण मुद्दा हुने छ । हाल उनी निलम्बित पुर्व अध्यक्ष सेप ब्लाटरको कार्यकाल पुरा गरिरहेका छन् ।

उनलाई पुन अध्यक्षमा निर्बाचित हुन एसिया र अफ्रीकाको भोट महत्वपुर्ण हुनेछ ।  उनको प्रस्ताव पास भए सबै भन्दा धेरै फाइदा एसिया र अफ्रीकालाई नै हुने छ ।  

संख्या बढाउदा सबै महादेशबाट सहभागीको संख्या बढ्ने भएकाले अधिकांश काउन्सिल सदस्य यसको पक्षमा रहेकाले प्रस्ताव पारीत हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । जर्मनी भने प्रस्तावको बिपक्षमा छ । 

आज प्रस्ताव पारित भएको खण्डमा कुना महादेशबाट कति संख्या बढाउने भन्ने बिषयमा फिफाले पछि मात्र निर्णय लिने छ । 

नेपाललाई फाइदा 

४८ टिमले खेलेमा एसियाबाट क्वालीफाई हुने टोलीको संख्या बढ्ने छ र त्यसबाट नेपालले लाभ लिन सक्ने छ । हाल एसियाबाट ४ देखि ५ टोली क्वालीफाई हुदै आएका छन् ।  १९९४ देखि बिश्वकपमा ३२ टिम सहभागी हुदै आएका छन् । त्यस अघि बिश्वकपमा २४ टिम सहभागी हुदै आएका थिए । 

३७ सदस्यीय काउन्सिलमा एसिया र अफ्रीकाका गरी ११ सदस्य छन् । 

काउन्सिलको बैठक आज हुने फिफाका ८ उपाधिहरुको घोषणा समारोहपछि सुरु हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved