मेसिलाई पछी पार्दै क्रिष्टियानो रोनाल्डो बने 'सर्वोत्कृष्ट खेलाडी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2017 | 09:06:46 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफा उत्कृष्ट पुरुष खेलाडीको उपाधि क्रिश्चियानो रोनाल्डोले जितेका छन। गत राति स्विजरल्याण्डको ज्युरिकमा एक कार्यक्रमका बिच घोषणा गरिएको सो उपाधिमा पोर्चुगलका खेलाडी रोनाल्डोले ३५ प्रतिशत भोट ल्याएर सो उपाधि हात पारेका हुन। 

रोनाल्डोले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनुका साथै यस वर्ष पोर्चुगललाई युरो कपको उपाधि पनि जिताएका थिए।  रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लिओनल मेस्सी र फ्रान्स तथा एथलेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनियो ग्रिज्म्यानलाई पछि पार्दै उपाधि माथि कब्जा जमाएका हुन।  

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले प्रदान गर्ने बिभिन्न ८ उपधिहरुको घोषणा गरेको हो। 

फिफाले निम्न  उपाधि बिजेताको घोषणा गरेको हो।   

The Best Fifa Men's Player (फिफा उत्कृष्ट पुरुष खेलाडी)
The Best Fifa Women's Player (फिफा उत्कृष्ट महिला खेलाडी)
The Best Fifa Men's Coach (फिफा उत्कृष्ट पुरुष टोली प्रशिक्षक)
The Best Fifa Women's Coach  (फिफा उत्कृष्ट महिला टोली प्रशिक्षक)
The Fifa Fair Play Award  (फिफा उत्कृष्ट अनुशासित खेल उपाधि)
The Fifa Puskás Award  (फिफा उत्कृष्ट गोलकर्ता उपाधि)
The Fifa Fan Award  (फिफा उत्कृष्ट समर्थक उपाधि )
Fifa Fifpro World11 (फिफाका उत्कृष्ट ११ खेलाडी)
 
फिफाले ८ उपाधिको घोषणा गरेपनि सबैको ध्यान भने 'बेस्ट फिफा मेन्स प्लेयर'मा थियो ।  फिफाले गत बर्षसम्म फ्रेन्च फुटबलसंगको सहकार्यमा  यो उपाधिलाई 'फिफा बालोन डी’ओरअवार्ड'को नामबाट प्रदान गर्दै आएको थियो। तर फ्रेन्च फुटबलसंगको सहकार्य टुटेपछि फिफा आफैले यो उपाधि दिएको हो। फ्रेन्च फुटबलले भने यस बर्षको बालोन डि’ओर अवार्ड पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर रोनाल्डोलाई प्रदान गरिसकेको छ । 

बालोन डी’ओरमा युरोपका खेल पत्रकारले मात्र भोट गरेका थिए  । फिफा अवार्डको लागि भने २५ प्रतिशत भोट अनलाईन बाट संकलन गरिएको हो। त्यस्तै अर्को २५ प्रतिशत खेल पत्रकारहरुबाट, अर्को २५ प्रतिशत राष्ट्रिय टिमका प्रशिक्षकबाट र बाँकि २५ प्रतिशत राष्ट्रिय टिमका कप्तानको मत लिईएको छ   । यसरी संकलन गरिएको भोटको आधारमा आजको बिजेता घोषणा भएको हो।

फिफा पुस्कास अवार्ड उत्कृष्ट गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ भने फिफ्प्रो उपाधि बर्ष टोली अर्थात् ११ खेलाडी सम्मिलित टोली घोषणा गरेर दिईन्छ ।  त्यसमा जुनसुकै क्लब वा देशका खेलाडी पर्न सक्छन ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved