बिश्वकपमा ४८ देश सामेल गराउने प्रस्ताव पारित, नेपाललाई के फाइदा हुन्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2017 | 03:19:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफा अन्तर्गत रहेको फिफा काउन्सिलका पदाधिकारीहरुले विश्वकपमा सहभागी हुने देशहरुको संख्या बढाएर ४८ पुर्याउने प्रस्तावको पक्षमा मतदान गरेका छन् । स्विजरल्याण्डको ज्युरिक यस ऐतिहासिक प्रस्ताव पारित भएको हो ।

 काउन्सिलका ३७ पदाधिकारीहरुले हालको बिश्वकपको ढाँचा परिवर्तन गर्ने कि नगर्ने भन्ने बारे सोध्दै ५ बिकल्प दिईएको थियो । उनीहरुले  ४८ पुर्याउने प्रस्ताव चयन गरेका हुन्  । 

तर यो ४८ टिमको नियम २०२६ मा हुने बिश्वकपदेखि मात्र लागु हुनेछ ।  

फिफाका अध्यक्ष जानी इन्फान्टिनोले आफु निर्बाचित हुदै बिश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रतिबद्दता गरेका थिए ।  इन्फान्टिनोले धेरै देशहरुले बिश्वकप खेल्न सकुन भनेर यो निर्णय लिएको बताए  ।  

प्रस्ताव पारित भएसंगै अब विश्वकपमा १६ समुह हुने छन् र हरेक समुहमा ३ टोली हुने छन् । समुहमा हरेक टोली एक अर्कासँग खेल खेल्छ र समुहको शिर्ष स्थानमा रहने टोली नक आउट चरण प्रवेश गर्ने छन्  । समुह चरणमा कुनै खेल बराबरीमा सकिए सिधै पेनाल्टी सुट आउट हुन्छ  । 

यस अघि ३२ टिम हुँदा कुल ६४ खेल हुने गरेकोमा अब ८० खेल हुनेछन् । फाइनल पुग्ने २ टोलीले सर्बाधिक ७ खेल खेल्ने छन् । यस अघि पनि फाइनल पुग्ने टोलीले ७ खेल नै खेल्ने गरेका थिए ।   

अहिलेको ३२ टोली ढाँचामा भने ४ देश सहभागी ८ समुह हुन्छन् र शिर्ष २ मा रहने टोली नक आउटमा प्रवेश गर्छन  । अहिले समुह चरणमा पेनाल्टी सुट आउट हुदैन  ।  

 इन्फान्टिनो सन् २०१९ मा अध्यक्षको पदको लागि फेरी लड्ने छन् । त्यहि कारण उनको लागि ४८ टिमको बिषय महत्वपूर्ण मुद्दा बनेको थियो । हाल उनी निलम्बित पुर्व अध्यक्ष सेप ब्लाटरको कार्यकाल पुरा गरिरहेका छन् ।

 सहभागी देशहरुको संख्या बढ्ने भएपछि सबै महादेशबाट सहभागीको संख्या बढ्ने  छ । तर कुन महादेशबाट कति टिम बढाउनेबारे अहिले टुंगो लागि सकेको छैन  । 

 नेपाललाई फाइदा 

४८ टिमले खेलेमा एसियाबाट क्वालीफाई हुने टोलीको संख्या बढ्ने छ र त्यसबाट नेपालले लाभ लिन सक्ने छ । हाल एसियाबाट ४ देखि ५ टोली क्वालीफाई हुदै आएका छन् ।

 १९९४ देखि बिश्वकपमा ३२ टिम सहभागी हुदै आएका छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved