‘फिफा वर्ष खेलाडी’को अवार्ड रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 07:56:02 PM मा प्रकाशित

laxmi  sunrise bank

फिफाले फिफा द वेस्ट अवार्ड रद्द गरेको छ । कोरोना भाइरसका कारण उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने यो अवार्ड यो वर्ष वितरण नगर्ने फिफाले जनाएको छ । 

स्पेनिस मिडियाका अनुसार यो वर्षको अवार्ड आगामी सेप्टेम्बरमा इटालीको मिलानमा हुने तय थियो । तर फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले कोरोनाका कारण फुटबलका अधिकांश खेलहरु स्थगित र रद्द भएको भन्दै फिफा वर्ष खेलाडीको अवार्ड यस वर्ष वितरण नगरिने जानकारी दिएका छन ।

गत सिजन यो अवार्ड बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले जितेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved