२०१९ को बिश्वकपबाट बाहिरिन सक्छन पाकिस्तान र वेस्ट इन्डिज, नेपालको सम्भावना कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 11:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एक दिबशीय बिश्वकपका पूर्व विश्व चैंपियनहरु पाकिस्तान र वेस्ट इन्डिज सन् २०१९ मा हुने बिश्वकपबाट बाहिरिने खतरा बढेको छ । सन् २०१९ को बिश्वकप इंगलैंडमा हुदैछ ।  आयोजकका नाताले इंगलैंडले बिश्वकपको लागि टिकट बुक गरिरकेको छ  । अर्थात् अब त्यस बिश्वकपमा सहभगी हुनको लागि ९ टोलीको टुंगो लाग्न बाँकी छ  । 

कसरि लाग्छ ९ टोलीको टुंगो ?

सन् २०१७ सेप्टेम्बर ३० तारिखका दिन एक दिबशिय बरियता क्रमका शिर्ष ७ देश सोझै छनौट हुने छन्  । हाल त्यस बरियतामा पाकिस्तान ८ औ र वेस्टइन्डिज ९ औ स्थनमा छन्  । हाल पाकिस्तानको ८९ अंक छ बहने वेस्ट इन्डिजको ८६ अंक छ  । बरियतामा हाल शिर्ष स्थानमा क्रमश अस्ट्रेलिया, साउथ अफ्रीका, भारत , न्युजिल्याण्ड, इंगलैंड, श्रीलंका, बंगलादेश , पाकिस्तान, वेस्ट इन्डिज , अफगानिस्तान, जिम्बावे र आयरल्याण्ड छन् । 

पाकिस्तानले यहि हप्ता देखि हालको बिश्व च्याम्पियन अस्ट्रेलियासंग ५ एक दिबशीय शृंखला खेल्दै छ  । यस शृंखलामा पाकिस्तान पराजित भएमा पाकिस्तानको बरियता झन् खस्कने छ  । पाकिस्तानले २ मात्र खेल जिते पाकिस्तान र बंगलादेशको समान ९१ अंक हुन्छ तर बरियता क्रममा यथास्थनमा रहन्छ  । पाकिस्तानलाई सिधै छनौट हुन डिफेन्डिंग च्याम्पियनलाई पराजित गरेर शृंखला कब्जा गर्नु पर्नेछ । पाकिस्तान र अस्ट्रेलियाको फर्म हेर्दा यो सम्भावना निकै कम छ । 

साथै वेस्ट इन्डिजले पनि सिधै छनौट हुन् निक्कै मेहनत गर्नु पर्ने देखिन्छ । पाकिस्तान भन्दा तल रहेको वेस्ट इन्डिजले सन् २०१७ सेप्टेम्बर ३० अघि १२ खेल खेल्दै छ । वेस्ट इन्डिजले इंगलैंड र पाकिस्तानसंग एक दिबशीय शृंखला खेल्ने छ । 

पाकिस्तानले अस्ट्रेलियासङ पराजय बेहोरेमा वेस्टइन्डिज र पाकिस्तान  बिचको शृंखलाले नै छनौट निर्धारण गर्न सक्छ । 

सिधै छनौट हुन् नसके के हुन्छ ? 

एक दिबशीय बरियताक्रम अनुसार सिधै छनौट हुन् नसकेका देशहरुले छनौट हुन् अन्य एसोसियट देशहरुसंग छनौट खेल खेल्नु पर्ने छ । बंगलादेशमा हुने त्यस छनौट प्रतियोगितामा १० देश सामेल हुने छन् र शिर्ष २ स्थानमा रहने टोली बिश्वकपको लागि छनौट हुने छन् । 

को को हुने छन् त्यस  १० देश सामेल प्रतियोगितामा ?

१० देश सामेल प्रतियोगितामा एक दिबशीय बरियताक्रममा सबै भन्दा पुछारमा रहेका ४ देश रहने छन्  । त्यस्तै वल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष   स्थानमा रहने ४ देश पनि यस प्रतियोगितामा रहने छन्  । हाल नेपालले पनि वल्ड क्रिकेट लिग च्याम्पियनसिप  खेलिरहेको छ । तर शिर्ष ४ मा भने अहिले छैन । हाल नेपाल ६ अंक सहित छैठौ स्थानमा छ । 

वल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष ४ मा नपर्ने टोली डिभिजन टु मा घटुवा हुने छन्  । डिभिजन टु मा घटुवा भए पनि नेपालको बिश्वकप छनौट खेल्ने सम्भावना भने कायम नै रहन्छ   । किन भने बंगलादेशमा हुने छनौट चरणमा भाग लिन अन्तिम २ स्थान लिग डिभिजन टु मा शिर्ष २ स्थानमा रहने टोलीको लागि छुट्याईएको छ ।

लिग डिभिजन टु मा वल्ड क्रिकेट लिग च्याम्पियनसिपमा शिर्ष ४ मा नपर्ने टोली सहित वल्ड क्रिकेट लिग थ्रीमा शिर्ष २ स्थानमा रहने टोली हुने छन् । अर्थात् क्यानडा, मलेशिया, ओमान, सिंगापुर, युगान्डा र अमेरिका सहभागी प्रतियोगिताको शिर्ष २ मा रहने टोली । 

यस प्रतियोगितामा शिर्ष २ स्थानमा रहने सके नेपाल बिश्वकप छनौट खेल्नको लागि क्वालिफाई हुने छ । 

तर नेपाल यी सब छनौट चरण पार गरेर बंगालदेशमा हुने बिश्वकप छनौटमा क्वालिफाई भए त्यहाँ नेपालले एक दिबशीय बरियता पाई सकेका टोलीहरु र वल्ड क्रिकेट लिग च्याम्पियनसिपका उत्कृष्ट टोलीहरु संग प्रतिस्पर्धा गर्नु पर्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved