कंगारु एनसीएसएस टि २० क्रिकेट प्रतियोगिता माघ ६ देखि, १६ टोलीले प्रतिस्पर्धा गर्ने 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 18, 2017 | 12:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रीकेट समर्थक समाज (एनसीएसएस) जिल्ला समन्वय समिति झापाको आयोजनामा कंगारु एनसीएसएस टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  १६ टोलिबिच नक आउटको आधारमा हुने प्रतियोगिताको बिजेताले २५ हजार तथा उप बिजेताले १५ हजार प्राप्त गर्ने छन्  । 

त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान ३ हजार, म्यान अफ द सिरिजलाई ५ हजार र प्रतियोगितामा सर्बाधिक छक्का प्रहार गर्ने खेलाडीलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ  ।  

माघ ६ देखि सुरु हुने प्रतियोगितामा फाइनल समेत गरेर १५ खेल हुनेछन् । फाइनल खेल १३ गते ११ बजे हुने  छ भने त्यस अघि अन्य दिन   ९ बजे र १ बजे गरी २ खेल हुने छ । सबै खेल प्रगति युवा समाजको मैदान शनिअर्जुन् -९, झापामा हुने छ  ।

प्रतियोगितालाई कंगारु एजुकेशन फाउन्डेसनले स्पोन्सर गरेको छ । प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का सांसद प्रेम बहादुर गिरिले गर्ने कार्यक्रम छ । क्रिकेट समर्थक समाजको स्थापनापछि उसले पहिलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।  

यस्तो छ प्रतियोगिताको खेल तालिका ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved