युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । उनलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा टिममा राखेको हो ।
सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर मूल्य राखेका थिए । सन्दीपको टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट जस्ता खेलाडी छन् ।
सन्दीपले लगातार तेस्रो सिजन सिपिएल खेल्दै छन् । २०१८ मा सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए । यसपटकको लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा हुँदैछ ।