एएफसी एसियन कप छनौट खेलमा नेपाल समुह एफमा, यस्ता छन् नेपालका प्रतिद्वोंदी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 04:39:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एएफसी एसियन कप छनौट खेलमा समुह मा परेको छ । एसियन फुटबलको सर्वोच्च संस्था एसियाली फुटबल महासंघले आज सार्बजनिक गरेको ड्र मा नेपाल समुह मा परेको हो । यस समुहमा नेपाल सहित फिलिपिन्स, ताजकिस्तान, यमन पनि परेका छन् । 

 छनौट प्रतियोगीतामा २४ टोलीले सहभागिता जनाउने छन् । २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको हो। हरेक टोलीले होम र अवेको आधारमा कुल ६  खेल खेल्ने छ । ६ खेलपछि समूहको शीर्ष दुई स्थानमा रहने टोली एसियन कपका लागि छनोट हुनेछन्। 

हेर्नुस कुन समुहमा को को ?

समुह ए: किर्गिस्तान, भारत, म्यान्मार , मकाउ 

समुह बि : कोरिया रिपब्लिक , हंग कंग, लेबनन, मलेशिया 

समुह सी: जोर्डन , भियतनाम, अफगानिस्तान , कम्बोडिया 

समुह डि:  ओमान, प्यालेसटाईन, माल्दिभ्स, भुटान 

समुह ई : बहराइन , तुर्केमिस्तान, चाइनिज तापेई, सिंगापुर 

समुह एफ:  फिलिपिन्स, ताजकिस्तान, यमन , नेपाल  

 

कहिले हुन्छ खेल ?

नेपालको खेल निम्न अनुसार हुनेछ ।  

२८ मार्च २०१७ : फिलिपिन्स vs नेपाल 

१३ जुन २०१७: नेपाल vs यमन 

५ सेप्टेम्बर २०१७ : नेपाल vs ताजकिस्तान 

१० अक्टुबर २०१७: ताजकिस्तान vs नेपाल 

१४ नोभेम्बर २०१७: नेपाल vs फिलिपिन्स 

२७ मार्च २०१८ : यमन vs नेपाल 


सन् २०१९ मा युएईमा हुने एसियन कपमा २४ टोलीले सहभागिता जनाउने छन् । यस प्रतियोगिताबाट छनौट भएका १२ टोली र यस अघि नै छनौट भई सकेका अन्य १२ टोलीले सन् २०१९ मा युएईमा हुने एसियन कपमा भाग लिने छन् । 

निम्न १२ टोली सन् २०१९ मा युएईमा हुने एसियन कपको लागि छनौट भई सकेका छन्  ।

१. युएई (आयोजक) 

२. कतार 

३. दक्षिण कोरिया 

४. जापान 

५. साउदी अरेबिया 

६. थाईल्याण्ड 

७. अस्ट्रेलिया 

८. उज्बेकस्थान 

९. सिरिया 

१०. इराक 

११. इरान 

१२. चीन 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved