सन्दीप क्यारेबियन लिग खेल्न जाने पक्का, यसरी मिल्यो उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 10:32:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने निश्चित भएको छ । यस अघि उडानको टुंगो नलाग्दा उनको यात्रा अनिश्चित रहे पनि अब भने उनी प्रयियोगिता खेल्ने निश्चित भएको हो ।

उनका व्यवस्थापक रमन सिवाकोटीले सन्दीप जुलाई ३० मा कोरियन एयरको चार्टर्ड फ्लाइटबाट त्यसतर्फ जाने निश्चित भएको हो । उनी अगस्त १ मा आफ्नो गन्तब्यमा पुग्ने बताईएको छ ।  उता पुगिसके पछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।  


सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। 

सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन् । उनले यसअघि सन्  २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए ।

यस्तै दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए । 

यस वर्षको सिपिएलका लागि सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ। यस पटकको सिपिएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved