धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 08:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै खाले अन्तराष्ट्रिय क्रिकेट प्रतियोगीता नखेल्ने घोषणा गरेका हुन् ।

सन् २००७ मा भारतीय टिमको कप्तानी गरेका उनले सन् २००७ र २०११ को विश्वकपमा भारतलाई उपाधि दिलाएका थिए । २०१४ डिसेम्बर ३० मा टेष्ट कप्तान र २०१७ जनवरीमा ओडीआई कप्तानी छाडेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

उनले आइसीसीका ३ वटै उपाधि जितिसकेका छन् । उनको नेतृत्वमा भारतीय क्रिकेट टिमले एक दिवशीय विश्वकप, टि–२० विश्वकप र च्याम्पियन्स ट्रफी जितेको थियो । उनी मूलुकलाई आइसीसीको तीन वटै उपाधि दिलाउने विश्वकै एक मात्र कप्तान समेत हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved