आहा रारा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 06:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आहा रारा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। आयोजक सहारा क्लबलाई १–० ले हराउँदै मनाङ मर्स्याङ्दीले १५ औं आहा रारा गोल्डकपको उपाधी जितेको हो। 

प्रतिस्पर्धात्मक आजको खेलको पहिलो हाफ गोलरहित टुंगियो। खेलको  ६९ औं मिनेटमा मनाङका कमल श्रेष्ठले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। श्रेष्टको सोहि गोलनै निर्णायक बनेपछि  मनाङ मर्स्याङ्दीले उपाधि जितेको हो। 

१५ औ आहा रारा गोल्डकपको उपाधीसंगै मनाङले पाँचौ पटक आहा राराको उपाधी जितेको छ। यस अघि मनाङले दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणको उपाधी जितेको थियो।  

 

तस्वीर: उमेश पुन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved