दक्षिण अफ्रिका बिरुद्द नेपालको शानदार जित, भोली पाकिस्तानसंग खेल्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 05:00:49 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

यसअघि खेलेको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५९ रनले र दोस्रो अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थिए । आजको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले नेपालसामु १४७ रनको चुनौती प्रस्तुत गरेका थिए ।

जवाफी ब्याटिङमा उत्रेका नेपालले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै सुनिल रानामगरले ३८ तथा रमेशबहादुर बानियाँले २४ रन जोडे । यता दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका सनवाबीले बिड्लाले ५७, डोमिनिक स्कटले ३३ तथा बुह्ले भिड्लाले ३२ रन जोडे । बलिङतर्फ नेपालका सुनिल रानामगरले दुई तथा कृतन श्रेष्ठले १ विकेट लिए ।

नेपालले भोलि पाकिस्तानसँग खेल्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved