च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको विजयी सुरुवात, आज ८ खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 10:07:19 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले विजयी सुरुवात गरेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार समुहचरण अन्तर्गतका ८ खेल भएका छन् 

जसमा युभेन्टसले डाईनामो किभलाई २-० गोल अन्तरले, क्लब बर्गले जेनितलाई २-१ गोल अन्तरले, म्यानचेस्टर युनाइटेडले पिएस्जीलाई २-१ गोल अन्तरले, लेइपजिगले इतान्बुल बसाकेशिरलाई २-० गोल अन्तरले, बार्सिलोनाले फेरेनकभारोसलाई ५-१ गोल अन्तरले, र लाजियोले बोरेसिया डर्टमथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो 

चेल्सी र सेभिल्लाले गोलरहित बराबरी खेलेका छन् भने रेनिस र क्रासनोदरले १-१ को बराबरी खेलेका छन् 


प्रतियोगिता अन्तर्गत आज पनि ८ खेल हुने छन् । आज हुने खेल मध्ये रियल म्याड्रिड र शक्तर डोनेस्कबीचको, अजाक्स र लिभरपुलबिचको, म्यानचेस्टर सिटी र पोर्तोबीचको, तथा बायाँन म्युनिक र एटलेटिको म्याड्रिडबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved