फाइनलमा पुग्यो बार्सिलोना, उपाधिको ह्याट्रिक गर्ने दाउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 10:50:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बार्सिलोना स्पेनिस किंग्स कप भनेर परिचित कोपा डेल रेको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले एथलेटिको म्याड्रिडसंग १-१ को बराबरी खेल्यो । तर पहिलो लेगमा निकालेको २-१ को जितको मद्दतले बार्सिलोना समग्रमा ३-२ को जित निकाल्दै लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।

बुधबारको रोमान्चक खेलमा ३ रेड कार्ड, दुई गोल, एक पेनाल्टी मिस देखिए।  ९ खेलाडीमा सिमित भए पनि बार्सिलोनाले ९ खेलाडीमा सिमित एथलेटिको म्याड्रिडसंग बराबरी गर्दै फाइनल पुगेको हो । 

बार्सिलोना गत दुई सिजनको बिजेता हो ।  बार्सिलोना यस पटक पनि उपाधि जित्दै दोस्रो पटक उपाधि जित्ने दाउमा छ । यस अघि रियल म्याड्रिडले १ पटक , एथलेटिको बिल्बाओले ३ पटक र बार्सिलोनाले १ पटक उपाधि ह्याट्रिक गरेका छन् । बार्सिलोनाले  २८ पटक उपाधि जितेको छ । 

प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनलको दोस्रो लेग हुदै छ । आज डिपोर्टीभो एल्भास र सेल्टा भिगो प्रतिस्पर्धा गर्दै छन् । पहिलो लेगमा यी दुई टोलीले गोल रहित बराबरी खेलेका थिए । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved