२०१७ को दोस्रो फिफा बरियतामा नेपालले मार्यो फड्को, यस महिना पायो ८ अंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 01:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७  को दोस्रो फिफा बरियता सार्बजनिक गरेको छ । बिहिबार सार्बजनिक भएको फेब्रुअरी महिनाको नयाँ बरियतामा नेपाल २  स्थान माथि उक्लदै  १ सय ७३   औ स्थानमा पुगेको छ  । एक महिनाको अवधिमा नेपालले ८ अंक पाएको छ  । जनवरी २०१७  को बरियतामा नेपालको अंक ११२ बाट बढेर अहिले १२० पुगेको छ  ।

 

 

फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १३०   औ स्थानमा छ । माल्दिभ्स १४०  औ, अफगानिस्तान १५१  औ स्थानमा छ । नेपाल भन्दा पछि र  भुटान १७७  औ,  बंगलादेश १९०   औ, श्रीलंका १९६  औ र पाकिस्तान १ सय ९७ औ स्थानमा छ ।

बिश्व बरियतामा भने अर्जेन्टिना शिर्ष स्थानमा कायम छ भने दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाचौमा बेल्जियम छन् ।  फ्रान्स, कोलम्बिया, पोर्चुगल, उरुग्वे, र स्पेन क्रमश छैठौ, सातौ, आठौ , नवौ र दशौ स्थानमा छन् । नेपालले आगामी चैत देखि एसिया कप छनोट समेत खेल्दै छ ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved