कतारमा हुने क्लब विश्वकपको लागि नयाँ मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 02:03:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारमा हुन लागेको क्लब विश्वकपको लागि नयाँ मिति तय भएको छ । सन् २०२० को डिसेम्बरमा हुने तय भएको प्रतियोगिता अब सन् २०२१ को फेब्रुअरीमा हुने छ । फिफाले फेब्रुअरी १ देखि ११ तारिखसम्म प्रतियोगिता हुने गरि नयाँ मिति तय गरेको हो ।

प्रतियोगिता ७ टिमले सहभागिता जनाउने छन् । ६ वटा महादेशमा हुने लिगको बिजेता र आयोजक राष्ट्रको लिग बिजेताले क्लब विश्वकपमा सहभागिता जनाउने छन् । युरोपियन च्याम्पियन्स लिग जितेको बायाँन म्युनिक र आयोजक कतारको लिग बिजेता अल दुहाईले प्रतियोगितामा स्थान पक्का गरेका छन् । अब उत्तरी अमेरिकाको लिग बिजेता, दक्षिणी अमेरिकाको लिग बिजेता, एसियाको लिग बिजेता, ओसियानाको लिग बिजेता र अफ्रीकाको लिग बिजेताले पनि प्रतियोगितामा सहभागिता जनाउने छन् ।

यस अघिको क्लब विश्वकपको उपाधि लिभरपुलले जितेको छ । तर यस पटक भने लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा समुह चरणबाटै बाहिरिएकोले क्लब विश्वकपमा सहभागिता जनाउने छैन ।

७ वटा टिम सम्मिलित क्लब विश्वकप यो नै अन्तिम हुने छ । अर्को क्लब विश्वकप चीनमा हुने छ भने त्यस प्रतियोगितामा २४ टिम सहभागी हुने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved