२०२२ को विश्वकपका लागि नेपाल सिँधै ग्लोबल छनौटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 04:31:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०२२ मा अष्ट्रेलियामा हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले सिँधै ग्लोबल छनोट खेल्न पाउने भएको छ । आइसीसीले बनाएको नयाँ छनोट प्रक्रिया अनुसार २०२२ मा हुने टी २० विश्वकपका लागि २०२० को जनवरी १ सम्मको बरियताका आधारमा जिम्बावे, नेपाल, यूएई र हङकङले सिँधै ग्लोबल छनोट खेल्न पाउने भएका हुन् । 

२०२० मा हुने भनिएको यो विश्वकप कोरोनाका कारण २०२२ का लागि सरेको विश्वकपमा विश्वकपमा आइसीसीले १६ टिमलाई सहभागिता गराउने भएको छ । आइसीसीले अफ्रिका, अमेरीका, एशिया, पूर्वी एशिया र यूरोप गरेर ११ वटा क्षेत्रीय छनोट प्रतियोगिता गर्ने भएको छ । त्यहाँबाट ८ टिम दोस्रो चरणको छनोटमा स्थान बनाउनेछ । 

२०२१ मा भारतमा हुने टी २० विश्वकपमा पहिलो चरणमा पुगेका चार टिम र टी २० बरियतामा रहेका शिर्ष चार टिमले सिँधै ग्लोबल छनोट खेल्नेछन् । २०२० को जनवरीको बरियता अनुसार नेपाल, जिम्बावे, यूएई र हङकङले भने क्षेत्रीय छनोट खेल्नु नपर्ने भएको छ ।

२०२२ को विश्वकपका लागि १२ टिम २०२१ को टी २० विश्वकपबाट छनोट हुनेछन् । बाँकी चार टिममा दुई टिम पहिलो ग्लोबल छनोटबाट आउनेछन भने बाँकी दुई टिम २०२२ मा नै हुने दोस्रो ग्लोबल छनोटबाट आउनेछन् ।

आइसीसीले २०२१ को टी २० विश्वकपको पहिलो चरणका खेल सकिएपछि दुई वटा ग्लोबल छनोट खेल्ने देशको नाम सार्वजनिक गर्नेछ । २०२२ को टी–२० विश्वकप छनोटका लागि अफ्रिकामा दुई वटा उप क्षेत्रीय छनोट खेलहरु हुनेछन् भने एशियामा दुई, यूरोपमा तीन उप क्षेत्रीय छनोट खेल हुने छन् । अमेरिका र इष्ट एशियामा सोझै क्षेत्रीय छनोटका खेल सञ्चालन गरिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved